Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


निगमको बेथितिमा कर्मचारीको पनि हात छ : दिव्यमणिराज भण्डारी


0
Shares

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका सांसद दिव्यमणिराज भण्डारीले नेपाल वायुसेवा निगमको बेथितिमा कर्मचारीहरु पनि जिम्मेदार रहेको आरोप लगाउनुभएको छ ।

विमान खरिददेखि यहाँभित्रका भ्रष्टाचारमा मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ निगमका कर्मचारीहरुको समेत मिलेमतो रहेको उहाँको आरोप छ । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको वायुसेवा हेर्ने उपसमितिको संयोजक रहनु भएका सांसद राजभण्डारीले बिहीबार नयाँ सडकस्थित वायुसेवा निगमको प्रधान कार्यालयमा भएको विरोध प्रदर्शन कार्यक्रममा बौल्दै निगमको बेथितिमा कर्मचारीहरुको पनि हात रहेको बताउनुभएको हो । सांसद भण्डारीले अहिलेको परिस्थितीमा ५१ प्रतिशत स्वामित्व सरकारको हुनुपर्ने बताउनुभयो ।

सरकारको स्वामित्वमा रहेको निगम माफियालाई बुझाउन लागिएको भन्दै निगमका कर्मचारीहरुले विरोध प्रदर्शन गर्दैआएका हुन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेका कदमको विरोध गरेका हुन् । सरकारले हतारमा सरकारको सम्पत्ती माफियाहरुलाई बुझाउन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै उनीहरुले यो कार्य तत्काल रोक्न माग गरेका छन् ।

सरकारको हितमा काम गर्नुपर्ने महाप्रवन्धक डिमप्रसाद पौडेलले मिलेमतोमा माफियाको हितमा काम गरेको भन्दै उनीहरुले उहाँको राजीनामाको माग समेत गरेका छन् । संघर्षसमितिले ३ दिनको छोटो अवधिमा प्रवन्धपत्र तयार गरेर ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिने लगायत प्रावधान राख्नुले यो सरासर माफियालाई दिन खोजेको पुष्टि भएको बताएको छ ।

Skip This