
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सुधार हुँदैं गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान ट्विटमार्फत आफ्नो स्वास्थयबारे जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
प्रतिक्रिया दिनुहोस्