
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुदै गए पनि अझै सामान्य अवस्थामा फर्की नसकेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान जानकारी दिदै चिकित्सक अरुण सायमिले प्रधानमन्त्री ओलीको सघन उपचार केन्द्रमा उपचार भई रहकाले अझै सामान्य अवस्थामा फर्की नसकेको जानकारी दिए ।
उनलाई चिकित्सक र आफन्तबाहेक कसैलाई भेट्न दिईएको छैन । प्रधानमन्त्रीको स्वास्थ्यका बिषयमा जारी विज्ञप्तिमा शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुदै गएको र आफ्नाबारे बाहिर मिडियामा आएका कुराबारे जिज्ञासा राखेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्