२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


देउवालाई मत दिने २२ सांसदलाई एमाले ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण


0
Shares

काठमाडौं, साउन ६ । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

एमाले बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण सोधेको हो ।