Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


खुकुरी प्रहार गरी वृद्धको हत्या


0
Shares

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराइटोलमा एक वृद्धको हत्या भएको छ । ६५ वर्षीय महिकर चौधरीको बुधबार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।

चौधरीलाई उनकै घरमा काम गर्ने उदयपुर त्रियुगा नगरपालिका– १३ पोर्ताहाका ४५ वर्षीय किसन सदाले सामान्य विवादका कारण खुकुरी प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

चौधरीको हत्या गर्ने सदालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाइएको छ ।