
काठमाडौं । इङ्लिस प्रिमियर लिगका एक खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ परेका छन् ।
ती खेलाडीलाई गत शुक्रबार ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरिएका ३१ वर्षीय खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन पक्राउ परेका खेलाडी धरौटीमा रिहा भएपनि अनुसन्धान भने जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
ती खेलाडीलाई क्लबले निलम्बन गरेको पनि जनाइएको छ । यता, एभर्टन फुटबल क्लबले सोमबार रात एक विज्ञप्ति जारी गर्दै आफ्ना एक खेलाडी पक्राउ परेको जानकारी दिएको थियो ।
तर, क्लबले बालयौन दुराचारको आशंकामा पक्राउ गरिएको खेलाडी आफ्नो हो कि होइन भनेर खुलाएको छैन ।
यता, महाधिवक्ता (ऐडवोकेट जनरल) माइकल एलिस क्यूसीले जनता र फुटबल समर्थकलाई धैर्य राख्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्