६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ‘उल्लेखनीय सुधार’


0
Shares

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाकाबारेमा बुधबार साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–‘मंगलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’

यसअघि, सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा भएको उल्लेख थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान सो सेन्टरमा गएको र ‘एपेन्डिसाइटिस’ देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा छन् । रासस