२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


फिदिमको रमितेमा भ्यू टावरसहितको पार्क निर्माण हुँदै


0
Shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेमा भ्यू टावरसहितको पार्क निर्माण गर्न थालिएको छ ।

नयाँ शहर आयोजना कार्यालय फिदिम पाँचथरमा गत जेठ २९ गते भएको सम्झौताअनुसार भ्यू टावरसहितको पार्क निर्माण गर्न थालिएको हो ।

अहिलेसम्म वाल निर्माण, भ्यू टावर जाने सडकको ट्रयाक ओपनको काम सकिएको आयोजनाको जिम्मा लिएको निर्माण कम्पनी किराँतेश्वर/एसएस जेभीका संचालक विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म ५ प्रतिशत काम सकिएको र २०७६ साल वैशाखसम्म काम सक्ने लक्ष्य राखिएको उनले बताए ।

३ करोड ९ लाख ३७ हजार ९ सय ६६ रुपैयाँको लागतमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथिभरा, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका क्षेत्रको दृश्यावलोकन गर्न सकिने फिदिम नगरपालिका–२ का वडाअध्यक्ष सुकपाल तुम्वापोले बताए ।