Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भयोः माधव कुमार नेपाल


26
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताउनुभएको हो ।

नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ ।

संसदको यो निर्णयले पटक पटक भएको प्रतिनिधि सभा विघटन गलत भएको पुष्ट्याएको छ, नेता नेपालले भन्नुभयो, यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भइ निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।

साथै उहाँले जनता, लोकतन्त्र र संविधानको जित भएको बताउनुभएको छ ।