१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


‘आरटीजीएस’ प्रणाली प्रयोगका लागि आग्रह


26
Shares

काठमाडौं, मंसिर १० । नेपाल राष्ट्र बैंकले दुई लाख वा सोभन्दा बढी रकम भुक्तानीका लागि ‘आरटीजीएस’ प्रणाली प्रयोग गर्न आग्रह गरेको छ ।

बैंकले गत भदौ २६ गतेदेखि ठूलो रकम भुक्तानीका लागि सन्चालनमा ल्याएको ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली यही मंसिर ६ गतेदेखि पूर्णरुपमा सन्चालनमा आएको छ ।

हाल सम्पूर्ण वाणिज्य बैंकहरु यस प्रणालीको प्रत्यक्ष सदस्य रही यस प्रणालीमार्फत् कारोबार गरिरहेको र निकट भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थामा पनि लागू गर्ने योजना रहेको राष्ट्र बैंकले जनाएको छ ।

ठूलो रकमका भुक्तानीका लागि महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको यस प्रणाली सन्चालनमा आएपश्चात् भुक्तानीमा सहजता आउनुका साथै वास्तविक समयमै कारोबार राफसाफ हुनेछ ।

यसले भुक्तानी प्रणालीमा कारोबारको ‘ट्रनोभर’ बढाउने हुँदा मुद्राको बेगसमेत बढ्न गइ तरलता व्यवस्थापनसमेत सहज हुने अपेक्षा गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।