विराटनगर, मंसिर १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अतिक्रमति लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ताका लागि वर्तमान सरकारले कूटनीतिक पहल नगरेको आरोप लगाएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले अतिक्रमित जमिन फिर्ता गराउन सबैको अभूतपूर्ण समर्थन रहेपनि सरकारले भूमि फिर्ता गराउन पहल नगरेको आरोप लगाए ।
भारतले नै कालापानी र सुस्ता विवादास्पद हो भनेर स्वीकारे पनि भारतले कस्मिरजस्तै कालापानी पनि आफ्नो नक्सामा पारेको जिकिर उनले गरे ।
अर्को प्रसंगमा उनले सरकारले संवैधानिक परिषद्लाई शाही आयोगजस्तै बनाउन खोजेको भन्दै त्यसको कांग्रेसले कडा प्रतिरोध गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्