१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


अल्बानियामा शक्तिशाली भूकम्प, तीन बालबालिका सहित ६ को मृत्यु


0
Shares

काठमाडौं । अल्बानियामा भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ ।

भूकम्पले भत्काएको घरको भग्नावशेषमा पुरिएर २ पुरुष र एक महिलाको मृत्यु भएको हो भने तीन जना बालबालिका रहेको बताईएको छ ।

स्थानीय समय अनुसार बिहान ४ बजे राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाई ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पकका कारण अधिकांश घरहरु ध्वस्त भएका छन् । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

यसैबीच अल्बानियाको गृहमन्त्रालले एक बिज्ञप्ती जारी गरी पराकम्पन आउन सक्ने् भन्दै त्यहाँको सर्वसाधारणलाई सचेत तुल्याएको छ ।

भग्नावशेषमा च्यापिएको हुन सक्ने भन्दै सय भन्दा बढी उद्धारकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी