१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


नेपाल र भारत बैठक, बनारसमा नेपाली जहाज चलाउने बारे होला त निर्णय ?


0
Shares

काठमाडौं । नेपाल र भारतबिच भएको पारवहन सम्बन्धि सम्झौताको पुनावलोकन बैठक काठमाडौंमा सुरु भएको छ ।

तेस्रो मुलकसँग व्यापार सहजीकरण तथा विस्तार गर्नको लागी  सुरु भएको नेपाल र भारतबिचको सहसचिव स्तरिय बैठकमा जलमार्ग र थप बन्दरगाह प्रयोगबारे छलफल हुने छ ।

विभिन्न सन्धि सम्झौताहरु थपिने र अन्तिम रुप दिने मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

बैठकमा कालुघाट–साहेबगन्ज–बनारसमा नेपाली जहाज चलाउने विषयमा छलफल हुने ढकालले जानकारी दिए ।

कलकत्ता–धाम्रा–मुङग्रा बन्दरगाह सञ्चालन गर्नको लागी पनि सम्झौता हुने छ । यस्तै विद्युतिय कार्गाे निगरानी प्रणाली (ईसिटिएस) सम्बन्धमा पनि पारवहनमा आवाश्यक व्यवस्थाको लागी बैंठकमा छलफल गरिने जनाईएको छ ।

२ दिन बैंठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नेतृत्व गरेका छन् भने भारतका तर्फबाट एडिस्नल सेक्रेटरी भुपेन्द्र सिंह भल्लाले गरेका छन् ।