८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज(मंगलबार) विहान फेरि अस्पताल गएका छन् ।

महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उनी भर्ना भएका हुन् ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो ।

उनलाई पेट दुख्ने समस्या देखिएको र स्वास्थ्य जाँच भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ ।