बाराका ट्राफिक प्रहरी अवैध रकम असुल्दै « Image Khabar


बाराका ट्राफिक प्रहरी अवैध रकम असुल्दै



बारा, साउन १ । बाराको पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले कार्यालय अगाडि राखिएको चेकपोष्ट मार्फत विभिन्न वहानामा अवैध असुली गरिरहेको गुनासो सवारी चालकहरुले गरेका छन् ।

विशेष गरी रात्री बस र टाटा सुमोलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरेको र जिल्ला प्रशासनको पास नभएको भन्दै ५ सय देखी दुई हजार सम्म रकम असुल्ने गरेको गुनासो चालकहरुले गर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले अन्तरप्रदेश चल्ने सार्बजनिक यातायातलाई प्रदेशकै बिभिन्न स्थानमा अतिरिक्त रकम असुल्न थाले पछि सर्बसाधारण यात्रु चर्को भाडा तिर्न बाध्य भएका छन ।

महिना दिन यता जिल्लाको कलैया, सिमरा, बजनी, जितपुर, दशधुरेको बिभिन्न स्थानमा रात्री बसले दिनभर छुटाछुटै राखेर यात्रु संकलन गरी साझ ८ बजे पछि ट्राफिक प्रहरी कार्यालय पथलैयाले गन्तब्य अुनसारको रकम लिदै छाड्ने गरेको हो । पथलैया देखी पोखरा सम्म जाँदा हजार देखी १५ सय २ हजारसम्म प्रत्येक ट्राफिक पोष्टमा तिर्दै जानु परेको यातायात ब्यवसायीको दाबी रहेको छ ।

कोरोना महामारी पछि अस्तब्यस्त बनेको यातायात क्षेत्रबाट प्रहरीले अवैध असुली गर्दा त्यसको मार यात्रुहरुमाथि पर्ने गरेको छ ।