खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन « Image Khabar


खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ ।

खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध खोप लगाउन पनि प्रधानमन्त्री देउवाको आग्रह छ ।