२६ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 9 2023


प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाड्नुभएको थियो । ओली निजी निवास बालकोटमा बसोबास गर्न थाल्नुभएको छ ।