
काठमाडौं, असार ३१ । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाहमा १२ प्रतिशतले सुधार आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तिय स्थिती प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा विप्रेषण आप्रवाहमा १२ दशमबल ६ प्रतिशतले सुधार आई ८ खर्ब ७० अर्ब पुगेको हो ।
जेठ मसान्तसम्ममा कुल वस्तु व्यापार घाटा २४ दशमबल ६ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दशमबल ४ प्रतिशतले घटेको थियो । जेठ मसान्तसम्ममा आयात र निर्यात दुवै वृद्धि भएको छ । यस अवधीमा आयात २५ प्रतिशतले वृद्धि हुँदा निर्यात ३७ दशमबल ८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधीमा १ खर्ब २१ अर्बको वस्तु आयात हुँदा १३ खर्ब ८३ अर्ब बराबरको वस्तु निर्यात भएको छ ।
यस्तै नेपालबाट भारत तथा अन्य मुलुकतर्पm ४३ र २५ निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो,जुटका सामान, ऊनी, गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै यस अवधीमा समीक्षा अवधिमा चालु खाता रु.२९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । यस्तै, यस अवधिमा शोधनान्तर स्थिती घाटामा पुगेको छ । अघिल्लो महिना ७ अर्ब ७५ करोड बचतमा रहेको शोधनान्तर स्थिति जेठ मसान्तसम्ममा १५ अर्ब १५ करोड घाटामा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्