प्रधानमन्त्री देउवा र इजरायली राजदूतबीच शिष्टाचार भेट « Image Khabar


प्रधानमन्त्री देउवा र इजरायली राजदूतबीच शिष्टाचार भेट



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेट भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबमा भएको भेटमा नेपाल र इजरायलबीचको सम्बन्ध र कोभिड–१९ को सन्दर्भमा एकजुटताको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

देउवा प्रधानमन्त्री भएसँगै अमेरिकाका राजदूत र्याण्डी बेरी र भारतीय राजदूत विनयमोह क्वात्राले बधाई एवं शुभकामना दिएका छन् ।