
काठमाडौं, मंसिर ९ । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो ।
चिकित्सक झाले स्वास्थ्य जाँचका लागि गएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि झालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्