Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


माधव नेपाल पक्षका युवाद्वारा अखिल फोर्स गठन, ओली पक्षको प्रतिकार गर्ने


0
Shares

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।

उहाँले वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरूलाई गाली गरिरहेको भन्दै उनीहरूलाई भौतिक रूपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गर्नुभयो ।

अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरू बाहिर आएको भन्दै माधव नेपालको घर तर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफुहरू भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिनुभयो ।