बैतडी । कोरोना महामारी नियन्त्रणका लागि बैतडीमा लगाइएको निषेधाज्ञा थप गरिएको छ ।
वैशाख २० गतेदेखि जारीे निषेधाज्ञा १५ दिन थप गरीएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
यसअघि असार ३१ सम्म जारी गरिएको निषेधाज्ञालाई जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १५ सम्म कायम राख्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकोले केही खुकुलो गर्दै साउन १५ गतेसम्म लम्ब्याइएको हो । योे अवधिमा जिल्लाभित्र सार्वजनिक, निजी तथा भाडाका गाडी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि सञ्चालन गरिने भएको छ ।
रोजगारीका लागि भारतबाट फर्किएका नागरिकको सम्बन्धित स्थानीय तहले एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनुपर्ने निर्णयसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्