अर्गेली खेतीतर्फ पाँचथरका कृषकहरु आकर्षित « Image Khabar


अर्गेली खेतीतर्फ पाँचथरका कृषकहरु आकर्षित



पाँचथर । पाँचथरका कृषकहरुले व्यवसायिक रुपमा अर्गेलीखेती शुरु गरेका छन् ।

उत्तरी याङ्वरक, फालेलुङ, फिदिम नगरपालिका यस्तै दक्षिणी भेग मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका कृषकहरु व्यवसायिक रुपमै अर्गेलीखेतीतर्फ लागेका हुन् ।

अर्गेलीबाट यस क्षेत्रका कृषकहरुले बार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्दे आएका छन् । यसको खेती गर्दा मेहनत कम लाग्ने र समयको पनि बचत हुने कृषकहरु बताउँछन् ।

खेर गइरहेको बारी,कान्ला,जंगलमा यस क्षेत्रका कृषकहरुले अर्गेली खेती गर्न थालेका हुन् । अर्गेलीको लोक्तालाई प्रशोधन गरी हातेकागज बनाउने गरिन्छ ।

हातेकागजबाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रका कृषकहरु अर्गेलीखेती तर्फ आकर्षित भएको फिदिम ३ का कृषक हेमकुमारी राईले बताउनुभयो ।