Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


विदेश पुगेपछि नेपाली नायिकाहरुलाई के मुड चल्छ ?


0
Shares

काठमाडौं । नेपाली नायिकाहरु फिल्ममा अभिनय भन्दा पनि अन्य कारणले हिट हुन चाहन्छन् भन्ने उदाहरणहरु पछिल्लो समयमा देखिन थालेको छ ।

किनकी विदेश घुम्न निस्किएका नायिकाहरुको हट र रोमान्चक तस्वीर पोष्ट गरेर चर्चा बटुलिरहेका छन् ।

नायिकाहरु विदेश सयरमा निस्केपछि आफूलाई खुलारुपमा प्रस्तुत गर्ने अनि हट एन्ड सेक्सी पोजसहित तस्वीर फेसबुक तथा इस्टाग्राममा पोष्ट गर्ने लहर नै चलिरहेको छ । 

पछिल्लो पटक नायिका एलिजा गौतमले क्यानाडामा पुगेर पोष्ट गरेको तस्विर उस्तै उत्पात मच्चाएको छ ।

फिल्म ‘अनुराग’ मार्फत डेब्यू गरेकी उनले आफूलाई स्वीमिङ पुलमा विकिनी अवतारमा प्रस्तुत गरेको तस्वीर फेसबुकमा पोष्ट गरेपछि भाइरल बनेकी छन् । आमाबाबु भेट्न उनी क्यानाडा पुगेकी हुन ।

केही महिना अघि अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी देवी शाह इन्डोनेशियाको बालीमा पुगेर निकै हट अवतारमा पोज दिएकी थिइन ।

बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा भएको तस्वीर भाइरल भएको थियो ।

त्यसबाहेक वर्षा राउत, स्वस्तिमा खड्काm प्रियंका कार्की, नम्रता सापकोटाले पनि विदेश पुगेपछि आफूलाई खुलारुपमा प्रस्तुत गरेका थिए ।

नायिकाहरुले विदेशको समुद्री किनारमा रोमाञ्चक तस्वीर खिचाएर सामाजिक सञ्जालमा अपलोड गरेपछि नेपालमा भने भाइरल हुने गरेका छन् ।