इमेजकर्मी डोलराज रानाभाट युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत « Image Khabar


इमेजकर्मी डोलराज रानाभाट युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत


Imagekhabar
३० असार २०७८, बुधबार १७:०९

चितवन, असार ३० । इमेज च्यानलका चितवन संवाददाता डोलराज रानाभाटलाई यो वर्षको युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट रानाभाटसहित चार जनालाई बुधबार पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशि प्रति व्यक्ति ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले एक महिला सहित चार जनालाई पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

१० वर्ष अघि रेडियो पत्रकारिताबाट प्रवेश गर्नुभएका रानाभाट अहिले इमेज च्यानलको चितवन संवाददाता हुनुहुन्छ । रानाभाट सहित अर्घाखाचीबाट राधा नेपाली, धनुषाबाट शिव अधिकारी र सिरहाबाट अजय शाह पनि पुरस्कृत हुनुभएको छ ।

युवाहरुको विषयमा कलम र क्यामेरा चलाउने पत्रकारहरुलाई थप प्रेरणा मिल्ने उद्देश्यले मन्त्रालयले वर्षेनी यो पुुरस्कार दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्