
काठमाडौं । लामो समय चलेको आन्दोलनपछि हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा उत्साहजनक मत खसेको छ ।
सन् २०१६ मा भएको जिल्ला परिषदको निर्वाचनमा भन्दा बढी मतदान भएको बताइएको छ ।
निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको बीबीसीले जनाएको छ । प्रजातन्त्र समर्थकहरुको पाँच महिना लामो सरकार विरोधी प्रदर्शनपछि मतदान भएको हो ।
यो निर्वाचनमा लामो संघर्ष गरिरहेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थकको परीक्षणको रुपमा हेरिएको छ ।
प्रजातन्त्र पक्षधरहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला भएको निर्वाचनले चीन सरकारलाई पनि सन्देश दिने अनुमान गरिएको छ ।
हङकङको जिल्ला परिषद्मा ४ सय ५२ पार्षद्हरू चुनिनेछन् । चुनावी मैदानमा एक हजार उम्मेदवार छन् ।
ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ । ७४ लाख जनसंख्या रहेको हङकङमा ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका थिए । जुन अहिलेसम्मकै बढी हो ।
जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ ।
हङकङको चुनाव प्रणाली बमोजिम १ सय १७ जिल्ला पार्षद्हरू १२ सय सदस्यीय समितिको सदस्य बन्नेछन् जसले प्रमुख कार्यकारी चयन गर्नेछ ।
प्रजातन्त्रवादीहरुले परिषदमा आफ्नो प्रतिनिधित्व त्रढाउने अपेक्षा गरेका छन् । परिषदले प्रमुख कार्यकारी चयनमा परम्परागत रुपमा नै प्रभाव राख्दै आएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्