Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


एमाले विभाजन रोक्न खोज्दा केही दलका नेताबाट धम्कीपूर्ण फोन आयो– भीम रावल


0
Shares

काठमाडौं, असार ३० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको दावी गर्नुभएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको दुःखेसो व्यक्त गर्नुभएको छ।

रावलले भन्नुभएको छ, ‘मेरोविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा (एमाले)लाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’

आफूमाथि दबाब दिनेहरुको पर्दाफास गरिदिने चेतावनी दिँदै नेता रावलले लेख्नुभएको छ, ‘नेकपा (एमाले) कतै विभाजनबाट रोकिने पो भयो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ ।’

यस्तो छ रावलले निकालेको वक्तव्यको पूर्णपाठः