३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


अमेरिका र इजरायलले आन्दोलन मच्चाउन सहयोग गरेको इरानको आरोप


0
Shares

काठमाडौं । इरानले सरकार विरोधी प्रदर्शनमा पक्राउ परेकाहरुलाई कडा सजाय दिने जनाएको छ ।

इन्धनको मूल्य वृद्धिको विरोधमा देशभर प्रदर्शन चर्किएपछि सरकारले आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गरेको थियो ।

प्रदर्शन बढ्दै गएपछि एक सातासम्म देशका अधिकांश भागमा इन्टरनेटसमेत कटौती गरिएको थियो ।

इरानले भने संयुक्त राज्य अमेरिका, इजरायल र साउदी अरेबियाले आफ्नो देशमा आन्दोलन मच्चाउन सहयोग गरेको आरोप  लगाएको छ ।

इन्धनको मूल्य वृद्धि गर्ने सरकारी निर्णयको विरोधमा नोभेम्बर १ देखि इरानमा प्रदर्शन सुरु भएको हो ।

आन्दोलनकारीले प्रदर्शनका क्रममा सरकारी कार्यालय, बैंक तथा निजी पसलहरुमासमेत तोडफोड र आगजनी गरेका थिए ।

प्रदर्शनका क्रममा एक सय भन्दा बढी मारिएको मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले जनाएको छ । एजेन्सी