
काठमाडौं । शेयर बजारमा आइतबार पनि गिरावट जारी रह्यो । यस दिन पनि बजार परिसूचक दोहोरो अंकले झर्यो ।
यस दिन पनि नेप्से साढें १० अंकले झरेर ११ सय १० मा आएर थामियो । कारोबार भएका सबै समूहमा गिरावट आयो ।
निर्जीबन बीमा समूह सबैभन्दा उच्च ५७ अंक र जीवन बीमा समूह पनि ४८ अंकले झर्यो ।
उत्पादनमूलक, विकास बैंक, वाणिज्य बैंक र होटल समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६२ कम्पनीको ९ लाख ३० हजार कित्ता शेयर २८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्