११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


सरकारको कामप्रति उपराष्ट्रपति असन्तुष्ट


0
Shares

काठमाडौं, साउन १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले निजी क्षेत्रको माग अनुसार करको दर घटाउन पहल गर्ने आश्वासन दिएका छन् ।

सरकारले निर्यातमुखी व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने, उर्जाको क्षेत्रमा प्रशस्त लगानी बढाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिदै उनले सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना समेत गरे ।

२४औं कार्गो दिवसको अवसरमा कार्गो व्यवसायी संंघले आइतबार राजधानीमा गरेको कार्यक्रममा निजी क्षेत्रले निर्यातलाई प्रवर्द्धन गर्न एवं निजी क्षेत्रलाई उत्साहित बनाउन करका दर घटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

लगानीमैत्री वातावरणका लागि करका दर घटाउन निजी क्षेत्रले माग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने र त्यसका लागि हाल बढाइएका करको दर घटाउनुपर्ने बताइन् ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले ठुला पूर्वाधारका क्षेत्रमा लगानी ल्याउन निजी क्षेत्रलाई प्रोत्साहन गरिनुपर्ने बताए ।

रेलमार्ग, जलमार्गजस्ता ठुला यातायातका क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सरकारले आगामी अगष्टमा भारतसँग व्यापार सम्झौताको तयारी गरिरहेको जानकारी गराए । उनले निर्यात बढाउन निजी क्षेत्रले लगानी पनि बढाउनुपर्ने बताए ।

२४औं कार्गाे दिवसको अवसर पारेर संघले कार्गाे व्यवसायी पदम प्रसाद पोखरेल र एक नारायण अर्याललाई यस वर्षको कार्गाे अवार्ड प्रदान गरेको छ ।