Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


तल्लो अरुण विकास परियोजनाका लागि समझदारी


0
Shares

काठमाडौं, असार २८ । संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा बन्न लागेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रदेश–१ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र एसजेभिएन लिमिटेड इण्डियाबीच समझादारी भएको हो ।

पिकिंग रन अफदी रिभरमा आधारित उक्त परियोजनाको अनुमानित लागत १३०० मिलियन अमेरिकी डलर रहेको छ । आयोजनाको हालसम्मको ५० प्रतिशत भौतिक प्रगती भइसकेको छ ।

२०७५ चैत १५ मा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत गरिएको उक्त परियोजनाका लागि प्राप्त प्रस्तावहरु मध्येबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको प्रक्रिया अवलम्बन गरी २०७७ माघ १६ मा लगानी बोर्डले परियोजनालाई निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण ढाँचामा विकास गर्न एसजेभिएनको प्रस्ताव छनौट गरेको थियो ।