Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


पार्टी फुटाएर सरकारमा नजाने माधव पक्षको निर्णय


0
Shares

काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले पार्टी फुटाएर सरकारमा नजाने जनाएको छ ।

सोमबार कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा भएको विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले पार्टी फुटाएर आफूहरू सरकारमा नजाने बताउनुभयो ।

‘संविधानलाई सही बाटोमा ल्याउनुपर्ने अभिभारा हामीले पूरा गरेका छौं’ उहाँले भन्नुभयो, ‘अब पार्टी फुटाएर सरकारमा जानुको अर्थ छैन, पार्टीमा छलफल गरेर यस विषयमा निर्णय गर्छौं ।’

यस्तै कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले मंगलबार सानो आकारको मन्त्रिपरिषद् बनाएर सरकारमा सहभागी हुने बताउनुभयो ।