
काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सवर्ग अस्पताल भर्ना भएका छन् ।
ज्वरो आउने लगायतका समस्या देखिएपछि ६८ वर्षिया बाडरअस्पताल भर्ना भएका हुन् । सर्वोच्च अदालतले वक्तव्य जारी गरेर गिन्सबर्गलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेको छ ।
सर्वोच्चकी सबैभन्दा वरिष्ठ लिबरल न्यायाधीश गिन्सबर्गलाई वासिङ्गटनको सिब्ली मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसपछि सम्भावित संक्रमणको उपचारका लागि जोन्स हप्किन्स अस्पतालमा लगिएको हो । न्यायाधीश गिन्सबर्गको स्वास्थ्यमा सुधार हुँदै गएको र चाँडै अस्पतालबाट घर फर्कने सर्वोच्चले उल्लेख गरेको छ ।
उनी सर्वोच्चकी सबैभन्दा बढी उमेरकी न्यायाधीश हुन् र पछिल्ला केही वर्षमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् ।
अमेरिकामा सर्वोच्च न्यायाधीशले जीवनभर सेवा गर्न पाउने कानुनी प्रावधान छ । उनीहरुले सेवा निवृत्त हुनका लागि इच्छा व्यक्त नगरेसम्म काम गर्न पाउँँछन् ।
प्रतिक्रिया दिनुहोस्