२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


केन्यामा पहिरोमा परि सात बालबालिका सहित २९ को मृत्यु


0
Shares

काठमाडौं । केन्यामा भारी वर्षासँगै आएको पहिरोमा परेर सात जना बालबालिकासहित २९ जनाको मृत्यु भएको छ ।

केन्याको वेस्ट पोकोट काउन्टी शहरमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । त्यसैगरी केन्याको न्यूर्कुलियन र पारुआ गाउँका अधिकांश घरहरु पहिरोले बगाएको छ ।

पहिराले ती गाउँ आवातजावत गर्ने सडक र पुलमा क्षति पुगेको बीबीसीले जनाएको छ ।

यसैबीच केन्याका राष्ट्रपति उहुरु केन्याट्टले पहिरोमा परि मृत्यु हुनेहरुको परिवारप्रति समवेदना प्रकट गर्नुका साथै उद्धार र राहत वितरण कार्यमा कुनै कमी हुन नदिन प्रतिवद्धता जनाएका छन् । 

यता गृहमन्त्री फ्रेड मट्याले उद्धारकार्यहरु भइरहेपनि भारी वर्षका कारण समस्या भएको बताए ।

केन्याका मौसमविद्हरुले यही नोभेम्बर १८ मा नै भारी वर्षा र पहिरो आउन सक्ने भन्दै यसअघि नै सचेत रहन आग्रह गरेको थियो । एजेन्सी