
काठमाडौं, साउन १३ । आइतबार पूँजी बजारमा सामान्य अंकको सुधार आएको छ ।
यसदिने नेप्से साढे ३ अंकले बढेर ११९४ विन्दुमा पुग्यो । यस साता कारोबार भएकामध्ये आधा समूह हरियो रहे भने आधा समूह रातो ।
जीवन बिमा समूह सबैभन्दा उच्च ५२ अंकले उक्लिएसँगै नेप्से सामान्य अंकले सुधारिएको हो ।
यस्तै निर्जीवन बीमा समूह करिब १० अंकले, विकास बैंक र अन्य समूह ६÷६ अंकले सुधारिए । वाणिज्य बैंक समूह सामान्य अंकले सकारात्मक रह्यो ।
होटल, जलविद्युत, वित्त, उत्पादनमुलक र लघुवित्त समूहमा भने गिरावट आयो ।
यसदिन पनि कारोबार परिमाण भने न्यून नै रह्यो । १५३ कम्पनीको ७ लाख ८१ हजार कित्ता शेयर जम्मा १८ करोड ४९ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्