काम गर्नका लागि कृषि उपयुक्त मन्त्रालय : मन्त्री भुसाल - Image Khabar
Everest Bank

काम गर्नका लागि कृषि उपयुक्त मन्त्रालय : मन्त्री भुसाल

भैरहवा, मंसिर ७ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आफ्नै रोजाइले कृषि मन्त्रालयको जिम्मेवारी लिएको बताएका छन् ।

शनिबार लुम्बिनी प्रेस क्लबले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा गरेको पत्रकार भेटघाटमा उनले काम गर्नका लागि कृषि उपयुक्त मन्त्रालय भएको बताए ।

मन्त्री भुसालले सरकारको नीति र कार्यक्रमअनुसारको परिणाम ल्याउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

उनले कृषिको समस्या समाधान गर्नका लागि आफू तप्पर रहेको स्पस्ट पारे ।

मन्त्री भुसालले गुजारामुखी श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै आफ्नो मुख्य चासो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्