१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


भ्रमण वर्ष २०२० को घोषणासँगै तयारी पनि सुरु (भिडियो)


0
Shares

काठमाडौं, साउन १३ । सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेसँगै तयारी पनि सुरु गरेको छ ।

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षका लागि १०० वटा पर्यटकीय क्षेत्रको पहिचान गरिने भएको छ ।

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने घोषणा गरी उक्त वर्ष १० करोडको बजेटसमेत छुट्याएको छ । २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखी आयोजना गरिने भ्रमण वर्षले नेपालको पर्यटन क्षेत्रमा उर्जा थपिने दाबी सरोकारवालाहरुको छ ।

भ्रमण वर्षका लागि १०० पर्यटकीय स्थलको पहिचान गरी प्रवर्द्धन गर्ने र करिब १० हजार व्यक्तिलाई यसै विषयमा तालिम दिने कार्यक्रम रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले बताए ।

नेपाल भित्रिने रुट नै प्रमुख चुनौती रहेको स्वीकार्दै जोशीले स्थलमार्गबाट पर्यटक भित्र्याउने व्यवस्था गर्नु उपयुक्त हुनेतर्फ पनि ध्यान दिइएको बताए ।

सन् २०१७ मा १० लाखभन्दा बढि पर्यटक भित्रिएको तथ्याङ्कलाई आधार मान्ने हो भने २० लाखको लक्ष्य पूरा गर्न निकै नै चुनौतीपूर्ण देखिन्छ । त्यसमाथि सरोकारवाला निकायहरुले सङ्ख्यालाई मात्रै महत्व दिंदा गुणस्तरीय पर्यटकको पक्ष सधैं छायाँमा पर्ने गरेको छ ।

भिडियो हेर्नुस्