बैतडी । रोटरी क्लब अफ थापाथलीले जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । क्लबले शनिबार १० लिटरका दुई थान अक्सिजन कन्सन्ट्रेन्टर हस्तान्तरण गरेको हो ।
अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीको विश्वास रहेको छ ।
जिल्ला अस्पतालमा हाल २५ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छन् । यस्तै जिल्ला अस्पतालमा अहिले ७० थान ठूला र ६ थान साना गरेर ७६ थान अक्सिजन सिलिण्डर रहेका जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।
अस्पतालमा हाल कोरोनाका ३ जना बिरामीको अक्सिजनकै सहयताले उपचार भइरहेको छ । बैतडीमा कोरोनाकै कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्