२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


आफूविरुद्ध महाअभियोग नलाग्ने डोनाल्ड टम्पको दावी


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् ।

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

एक टेलिभिजन अन्र्वार्ताका क्रममा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका हुन् ।

उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वदीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोपमा सत्यता नभएको दोहार्‍याए 

जो वाइडेनविरुद्ध छानविनका लागि राष्ट्रपति टम्पले युक्रेनमाथि दवाव दिएको भन्दै संसदको तल्लो सदनले महाअभियागका लागि प्रमाण जुटाउन सार्वजनिक सुनुवाइ गरिरहेको छ ।

यसअघि युक्रेनका लागि अमेरिकी राजदुत मेरी यावानिचले आफूमाथि अनावश्यक आरोपलगाएको प्रतिक्रिया दिएका छन् ।

उनले राजदुत यावानिचले राम्रो काम नगरेकाले फिर्ता बोलाइएकोसमेत दावी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

ट्रम्पमाथिको छानविनका लागि संसदीय समितिले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेनका राष्ट्रपति बोल्डामिर जेलेन्स्कीसँग पटक पटक टेलिफोन संवाद भएको आरोप लागेको छ ।

जसमा आफ्ना समकक्षी पूर्व अमेरिकी उपराष्ट्रपति जो बिडेन र उहाँका छोरा हन्टरमाथि अनुसन्धान गर्न दवाव दिएको बताइएको छ ।

युक्रेनका रहेको एक ग्यास कम्पनी जो बिडेनका छोरा सञ्चालक रहेका छन् ।

बिडेन आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने चर्चा चेलसँगै ट्रम्पले उहाँमाथि छानविन गर्न दवाव दिएको विपक्षीहरुको आरोप छ ।(एजेन्सी)