११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस


0
Shares

काठमाडौं, असार २५ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ ।

रामचन्द्र पौडेल समूहको शुक्रबार बसेको बैठकमा आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार उठाउने विषयमा छलफल भएको छ । तर सभापतिका आकंक्षी नेताहरुले आफैंलाई उम्मेवारको रुपमा प्रस्तुत गर्दै एक अर्कालाई सहयोगका लागि आग्रह गरेका छन् ।

साझा उम्मेदवार उठाउने छफलल निरन्तर रहने नेता अर्जुननरसिंह केसीले बताउनुभएको छ ।

कांग्रेसमा इतर समूहबाट सभापतिमा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायतले इच्छा देखाएका छन् ।