१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध


0
Shares

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट बैतडी र तराईका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । सडकमा ठूलो पहिरो खसेकोले राजमार्ग सञ्चालनमा केही समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरो पन्छ्याउनका लागि समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पहिरोले जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।