
सिरहा, मंसिर ६ । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
शुक्रबार बिहान सेवाग्राहीबाट घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत विराटनगरले प्रमाण मागेपछि एकजना पीडित मालपोत कार्यालयमा पुगेका थिए ।
त्यससम्बन्धी कागजात दिन मालपोत प्रमुख मण्डलले आनाकानी गर्दै घुस मागेको अख्तियारमा उजुरी परेको थियो । त्यसपछि उनी अख्तियारको निगरानीमा परेका थिए ।
महोत्तरीको बर्दिबासस्थित अख्तियार कार्यालयको टोलीले सेवाग्राहीलाई पाँच लाख रकम दिएर मण्डललाई दिन पठाएको थियो ।
रकमसहित पच्छ्याउँदै सिरहा गएको अख्तिायरको टोलीले निमित्त प्रमुख मण्डललाई कार्यकक्षबाटै सो रकमसहित पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान गरी मुद्दा दायर गर्न काठमाडौं पठाउने अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्