७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


बालिकालाई देहव्यापारमा लगाउने महिला फन्दामा


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, मंसिर ६ । कैलालीमा मानव बेचविखन तथा देहव्यापारमा संलग्न रहेको आरोपमा एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका वडा नम्बर–२, अत्तरियास्थित राजु होटेलकी सन्चालक गौरादेवी रानालाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई बिहीबार साँझ होटेलबाटै पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीकाअनुसार उनले एक बालिकालाई सोही होटेलमा जबर्जस्ती देहव्यापारमा संलग्न गराएको खुलेको छ । आर्थिक अवस्था कमजोर भएकी ती बालिकालाई काममा लगाइदिने भनिएको थियो । तर, त्यसविपरीत होटेलमा आउने ग्राहकसित दैनिक अनैतिक सम्बन्ध राख्न बाध्य बनाएको खुलासा भएको हो ।

रानाविरुद्ध शुक्रबार कैलाली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले पीडित बालिकाको उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपी रानालाई पक्रेको थियो । प्रहरी पूर्वसूचना पाएरै त्यहाँ पुगेको थियो ।