ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता, संस्थापकलाई कारबाहीको माग • Image Khabar Image Khabar


ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता, संस्थापकलाई कारबाहीको माग


Border circle
Imagekhabar

us Trump lose the election

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुक, गुगल र ट्वीटरविरुद्ध रिट दर्ता गर्नुभएको छ ।

मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।

रिटमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग, ट्वीटरका जैक डोर्सी र गुगलका संस्थापक सुन्दर पिचईलाइ हदैसम्मको कारबाहीको माग गरिएको छ ।

मुद्दाको फैसला आफनो पक्षमा आउने दाबी गर्दै ट्रम्पले मुद्दाले अमेरिकी इतिहासमा फ्रिडम अप स्पीचको जित हुने विश्वास व्यक्त गर्नुभएको छ । यी तीनवटा सामाजिक सञ्जालहरुले ट्रम्पको एकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो ।

गत जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन (क्यापिटोल हिल)मा भएको हिंसात्मक झडप भड्काउने किसिमका अभिव्यक्ति दिएको भन्दै फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पको एकाउन्टमा अस्थायी र स्थायी प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्