Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सवारी दुर्घटनामा एकको मृत्यु


0
Shares

पोखरा, मंसिर ४ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ मर्दीखोलामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मर्दी खोलाबाट घाचोकतर्फ जाँदै गरेको ग१त ३४७३ नंको ट्रयाक्टर दुर्घटना हुँदा पर्सा घर भई घाचोक बस्दै आएका सोही ट्रयाक्टरका चालक ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रहरीका अनुसार सडकबाट शुरु ५० मिटर तल खसेको ट्र्याक्टरले च्यापिएका बस्नेतको घटनास्थलमा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस