Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राजस्व अनुसन्धान विभागद्वारा १० करोड १५ लाख बिगो दाबीसहित मुद्दा


0
Shares

काठमाडौं, मंसिर ३ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा १० करोड १५ लाख रुपैयाँ बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले ग्रीन टोबागो कम्पनी प्रालिका सन्चालक प्रभुराम श्रेष्ठसमेत सफिन एन्ड ब्रदर्स आरएस स्टोर, अभिनव सुर्ती उद्योग, गोल्डन टोबागो इन्डस्ट्रिज र सहयोग सुर्ती उद्योगका प्रोपाइटर दिनेश बसुकला तथा ओमसाई सुर्ती उद्योगकी प्रोपाइटर जानुका कार्कीले प्रचलित कानुनबमोजिम अन्तःशुल्क स्टिकर नलगाइ सुर्तीजन्य वस्तु निष्कासन गरी बिक्री गरेको तथा कर छली गरेको भन्दै मुद्दा दायर गरेको जनाएको हो ।

विभागले उनीहरुले राजस्व छली गरेको १० करोड १५ लाख बढी राजस्व चुहावट गरेको भन्दै बिगो दाबीसहित दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरेको विभागले जनाएको छ ।

Skip This