Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


यूनाइटेड सिमेन्टलाई गुणस्तर प्रमाण पत्र


0
Shares

काठमाडौं, असार १८ । यूनाइटेड सिमेन्टद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो । यो दर्जा प्राप्त गरे संगै यूनाइटेड सिमेन्टले गुणस्तरमा ठुलो फड्को मारेको कम्पनीको दाबी छ ।

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो ।

नेपालमा मात्र नभई विदेशका ठुला ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुदै आएको जनाइएको छ ।