
काठमाडौं, मंसिर ३ । पछिल्लो समय दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त हुँदै गएको विश्व बैंकले जनाएको छ ।
यो वर्ष यस क्षेत्रको औसत वृद्धिदर थप खुम्चिने उसको प्रक्षेपण छ ।
यो वर्ष आर्थिक वृद्धिदर साढे २ विन्दु प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले मंगलबार काठमाडौंमा दक्षिण एसियाको आर्थिक अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै दक्षिण एसियाली मुलुकहरुमा आर्थिक वृद्धिदरमा कमी आएको जानकारी दिएको हो ।
दक्षिण एसियाली मुलुकहरु भारत र श्रीलंकको कुल ग्रार्हस्थ उत्पादन न्यून भएका कारण पनि दक्षिण एसियामा आर्थिक वृद्धिदर न्यून रहेको बैंकले जनाएको हो ।
यस्तै, यो वर्ष नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने पनि विश्व बैंकको प्रक्षेपण छ ।
आगामी वर्ष आर्थिक वृद्धिदरमा थप कमी आइ ६.४ प्रतिशतमा सीमित रहने र त्यसपछिको वर्षमा ६.५ प्रतिशत पुग्ने बैंकको प्रक्षेपण छ ।
पछिल्लो समय विश्वभर नै मन्दी आएका कारण नेपालमा पनि कुल ग्रार्हस्थ उत्पादन घट्ने पक्षेपण गरिएको अर्थविद् विश्व पौडेल बताउँछन् ।
कुनैपनि देशले आर्थिक विकासका लागि विकेन्द्रीकरणमा जोड दिनुपर्नेमा बैंकले जोड दिएको अर्थविद् पौडेलको भनाइ छ ।
‘ब्रेक्जिट’, अन्तर्राष्ट्रिय व्यापार र तेल आपूर्तिमा आएको समस्याले गर्दा विश्वव्यापीरुपमा नै आर्थिक मन्दी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्