नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकमाथि पहिरो खस्यो « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकमाथि पहिरो खस्यो


0
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो रोकिराखेको ट्रकमाथि पहिरो खसेको छ । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरे पनि हताहती भने नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ ।

बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।