Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


नवलपरासीमा शुक्रबारदेखि जोरबिजोर प्रणलीमा सार्वजनिक यातायात सञ्चालन


0
Shares

परासी, असार १७ । पश्चिम नवलपरासीमा शुक्रबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

जिल्ला प्रशासनले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि जिल्लामा संक्रमितको संख्या केही दिनदेखि घट्दै गएकोले जोर विजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

सुरक्षा मापदण्डसहित सञ्चालन गर्नुपर्ने सवारीसाधन बिहान ६ देखि साँझ ७ बजेसम्म चल्ने छन् ।

निजी सवारीसाधन लाई भने जोर विजोर लागू छैन । पसल व्यवसाय बिहान ५ देखि सांझ ५ बजेसम्म खुल्ने छन् । सरकारी कार्यालय र बैक तथा वित्तीय संस्था यसअघि नै खुला गरिएको छ ।